उर्लाबारीः मोरङको उर्लाबारी– ६ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु मृत्यु भएको छ ।
प्रहरीका अनुसार को १९ प ४४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको गम्भीर अवस्थामा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।