इटहरीः कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खाद्य तथा दानाजन्य पदार्थमा मिसावट रोक्न अनुगमनलाई निरन्तरता दिन कडा निर्देशन दिएकी छिन् ।

विभागको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रम उद्घाटन गर्दै उनले खाद्य स्वच्छता, अभियानलाई उत्कर्षमा पु¥याउन निरन्तरता दिन जरुरी रहेको बताए । चाडपर्वको बेला अनुगमन तीव्र गतिमा भएकाले केही हदसम्म नियन्त्रण भए पनि नियमन गर्ने कार्यलाई गति दिन जरुरी रहेको चौधरीले बताइन् ।

खाद्य पदार्थमा मिसावट गर्ने व्यक्ति वा कम्पनी र संस्था जो भए पनि अपराधी भएको र तिनीहरुलाई कानुनको दायराभित्र ल्याउनुपर्ने बताइन् । विभाग अन्तर्गत रहेका सबै कार्यालय र कर्मचारीलाई परिचालित गरी परिणाम निकाल्ने गरी काम गर्न चौधरीले निर्देशन दिएकी छिन् ।