खोटाङः प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले लैङ्गिक हिंसा मात्र नभई हरेक किसिमका हिंसा अन्त्य गर्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । हरेक किसिमका हिंसा चेतना अभावकै कारण हुने उनको भनाइ थियो ।

हिंसा न्यूनीकरण गर्न सामाजिक जागरण आवश्यक रहेको उनले बताए । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा गृह जिल्ला खोटाङ आएका मन्त्री घिमिरेले पहिरन, विद्युतीय सञ्चारमाध्यम, मादक पदार्थ सेवनलगायत कारण हिंसा हुने गरेको र यसप्रति सजग रहन सामाजिक जागरण आवश्यक रहेको बताए ।

घिमिरेका अनुसार हलेसीको विकास, जिल्ला अस्पतालको स्तरोन्नति, सामुदायिक विद्यालय सुधार, सडक तथा खेलमैदान निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।