विराटनगरः मोरङको विराटनगर–१६ स्थित विभिन्न स्थानबाट प्रहरीले अन्दाजी ८५ हजार मूल्य बराबरको अवैध सामानसहित २ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१६ बस्ने धनराज साह र श्रवण यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ बि आर ३८ एन ९५२७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको सवारी चेक गर्ने क्रममा भन्सार छली ल्याउँदै गरेको १० थान उनी स्वीटर बरामद गरेको हो ।
कपडासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाइने बताइएको छ ।