फाइल तस्बिर
इलामः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् । मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने राईले बताएका हुन् ।
आज किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५ औँ जन्मोत्सवका अवसरमा माङसेबुङमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले महिला मन्त्री पाउने बताएका हुन् । मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनमा प्रस्ताव लगिने बताए ।
कार्यक्रममा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताए । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पारेका थिए ।