इटहरीः आज साँझ देशभरका शिव मन्दिरमा पितृको नाममा दीपदान गरिँदैछ । बालाचतुर्दशीको अघिल्लो रात पितृका नाममा दीपदान गर्ने गरिन्छ ।

आज साँझ दीपदान गरी भोलि बिहान पितृको सम्झनामा शतबीज छर्ने चलन छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्दछ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरी भजनकीर्तन र लोक झाँकीका आज रातभर जाग्राम बसी भोलि शतबीज छर्ने परम्परा छ । शतबीजको अर्थ सय प्रकारका बीउ भए पनि हाल सप्तबीज अर्थात् धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो छर्ने गरिन्छ ।

खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, भोजपुरको दिङ्लालगायतका शिव मन्दिरमा आज जाग्राम बसी भोलि शतबीज छर्ने श्रद्धालुको भीड हुन्छ ।