इटहरीः नेपाल तामाङ घेदुङ, इटहरी उपमहानगर कार्यसमितिको अध्यक्षमा चन्द्र गोम्देन पुनः सर्वसम्मत चयन भएका छन् ।
इटहरी घेदुङको सातौं अधिवेशनवाट गोम्देन लगायत कार्यसमितिका सबै सर्वसम्मत चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा देव गोम्देन, महिला उपाध्यक्षमा मैंया घिसिङ, सचिवमा जानुकला पाख्रिन, कोषाध्यक्षमा सीता गोले, सह–सचिवमा रामकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यमा प्रेम तितुङ, पदम मोक्तान, ज्योति घिसिङ, तिला पाख्रिन, गणेश सिंगार, सन्त घिसिङ, पदम ग्याबा, लाखमान योञ्जन, दिलकुमार योञ्जन र दीपा घिसिङ सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित सबैलाई प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोलेले शपथ गराएका थिए ।