धरानः धरान १५ मा रहेको तुलसी–भीष्म–चण्डेश्वरी–पूर्वी एभरेष्ट टोल विकास संस्थाले तिहारको अवसर पारेर गरिएको घरदैलो कार्यक्रमबाट उठेको रकम सार्वजनिक गर्ने क्रममा टोलका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष सुवास खवासको अध्यक्षता तथा धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि इवारमले टोल विकास संस्थाको गठन आवश्यकता, उद्देश्य र काम कारबाहीबारे स्पष्ट पारेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव लीला बास्तोलाले गरेका थिए ।