बेलबारीः उत्तरी मोरङका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुकुम्बासी समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

सुकुम्बासी समस्या समाधान गर्न तथा खोलाको तटबन्ध गरिदिन उनीहरूले आग्रह गरेको बताइएको छ । मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडासहित बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, कानेपाखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्ले, उपप्रमुख राजमती इङ्नाम र पथरी नगरपालिकाका प्रमुख किशोर राईले प्रधानमन्त्रीसमक्ष भेटेका थिए ।

त्यस्तै, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला पोख्रेल, केराबारी गाउँपालिकाकी उपप्रमुख शान्ति लिम्बू, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङ लगायतका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्नो क्षेत्रका समस्या सुनाएका थिए ।