फिदिमः पाँचथरको फिदिम नगरपालिका–३ लाकीखर्कमा मङ्गलबार मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
अपराह्न सवा ४ बजेको समयमा मेची राजमार्गअन्तर्गत बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाइकलले सोही स्थान बस्ने पैदलयात्री विमलाकुमारी राईलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारको लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने सङ्गम योङहाङसमेत घाइते भई पाथीभरा अस्पताल फिदिममा उपचार भइरहेको छ र चालकलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।