इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले यस वर्ष वार्षिक साधारणसभाको अवसरमा ५ दिनसम्म विविध कार्यक्रम गर्ने भएको छ ।

साधारणसभाको अवसरमा पत्रकारितासम्बन्धी विविध रचनात्मक क्रियाकलाप समावेश गरी कार्यक्रम गर्न लागिएको महासङ्घका सुनसरी अध्यक्ष अमर खड्काले बताए । आज बसेको शाखाको बैठकले ५ दिने कार्यक्रम आगामी पुस १५ गतेदेखि गर्ने निर्णय गरेको खड्काले बताए ।

भवन उद्घाटनदेखि अन्तरक्रिया, पत्रकारका सिर्जना सार्वजनिक, खेलकुद र स्वास्थ्य शिविरसमेत हुने बताइएको छ ।

साधारणसभामा साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि स्थापना गर्न लागिएको हित कोषको कार्यविधि पारित र भावी कार्यक्रम पारित हुने खड्काले बताए ।