विराटनगरः म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत बुधबारदेखि सो अस्पतालमा छोरी जन्माउने सुत्केरीको सम्पूर्ण खर्च छुट दिने निर्णय गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताए । सो अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

जसअन्तर्गत ७० वर्ष र सो भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नुका साथै शहीद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते तथा अङ्गभङ्ग भएका तथा शहीद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको छ । अस्पतालले पत्रकार सम्मेलन गरेर सो घोषणा गरेको हो ।