बेलबारी/ आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भई बिजुलीबत्तीको पहुँच नभएका १८ घर परिवारलाई बेलबारी नगरपालिकाको सहयोगमा सौर्यबत्ती वितरण गरिएको आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका अध्यक्ष तिलक राईले बताए ।

एसइइ परीक्षामा उत्कृष्ट हुने बेलबारी नगरभरिकै १६ जातिका १६ जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको उनले बताए ।