इटहरीः अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसको अवसर पारेर प्रदेस १ स्तरिय स्वयम सेवक विविध कार्यक्रम गरि मनाइएकाे छ ।  युवाहरुलाई उत्प्रेरणा जगाउने उदेश्यले विपत व्यवस्थापन सम्बन्धी कार्यशाला, प्यानल डिसक्सन तथा सम्मान कार्यक्रम आयोजना गरि मनाइएको हो ।

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अबसरमा युएन एजेन्सीको सहयोग, भिएसओ नेपालको सहकार्य, आयोन नेपालको आयोजनामा ३ वटा सेसनमा कार्यक्रम आयोजना गरिएको थियो । पहिलो सेसनमा भिएसाओ नेपालका प्रतिनिधि स्मृति बज्राचार्यले विपत आउनु अघि, विपत आएको बेला र विपत पछिको अवस्थामा पीडित, स्थानीय निकाय र स्वयंसेवक सस्थाले कस्तो कस्तो भुमिका खेल्नु पर्छ भन्ने कुरा बताइन ।

दोस्रो सेसनमा प्यानल डिस्क्सन भएको थियो । साे सेसनमा सुनसरी जिल्ला युवा समितिका अध्यक्ष हर्कजङ एभेङ लिम्बू, क्विक भोलेन्टियरका संयोजक अरुण खड्का र युथ फर व्लडका केन्द्रिय अध्यक्ष अतित गुरागार्इको उपस्थिति रहेको थियो । रक्त अभाव पुर्ती, बिपत्त ब्यवस्थापन र दिगो बिकाश लक्ष्य प्राप्तिमा युवा स्वयंसेवक परिचालन हुनुपर्छ भन्ने कुरा उठेका थिए ।

नेपाल युवा सस्था संजाल (आयोन) प्रदेश १ का संयोजक संजय चौधरीले स्वयंसेवाको कामलाइ अझ प्रभावकारि वनाउन स्थानिय सरकार र प्रदेश सरकारसँग समन्वय गरि स्वयंसेवकको लेखाजोखा राखने, सम्मन गर्ने र थप परामर्श गरि देश विकासमा लाउन सके देश सकारात्मक परिवर्तन तिर लम्कन सक्ने बताएका छन् । कार्यक्रममा प्रदेस नम्वर १ का विभिन्न जिल्लाका सामाजिक क्षेत्रमा कार्य गर्दै आएका युवाहरुको सहभागिता रहेको थियो ।

47391706_1063649420463117_2781903661113016320_n

युवा विकास केन्द्र इटहरीमा आयोजित कार्यक्रममा सामाजिक क्षेत्रमा स्थानीय तथा प्रदेस सरकारलाई समन्वयनकारी भुमिका गर्न समेत आग्रह गरियो । तेस्रो सेसनमा भुकम्प, बाढि, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोपमा काम गरेको प्रदेश १ का संघ संस्थाहरुलाइ सम्मान गरिएको थियो । क्विक भोलेन्टर, एक जुट युवा क्लव, युथ क्रियसन सुनसरी, हयाविटेट् फर हयुमानिटि, किप इटहरी क्लिन, क्रिएटिभ नेपलिज युथ, युथ फर ब्लड संस्थाहरुलाइ सम्मान गरिएको हो ।

विश्व भरी अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सामाजिक सबलीकरमा स्वयंसेवा भन्ने नाराका मनाई रहेको र हाम्रो देशमा पनि ७ वटै प्रदेशमा आयोनको संयोजनमा कार्यक्रम भएको आयोनका कार्यकारी सदस्य तुलसी चापागाईंले बताएका छन् ।