इटहरीः प्रदेशको ऐनमा सुरक्षित गर्भपतन विषय र महिला मातृत्व विषयलाइ प्राथमिक्तामा राखेर ऐन निर्माण गर्ने भएको छ । ईटहरीको युवा विकास केन्द्रमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य समबन्धमा प्रदेश १ का सांसदसँग रहेको छलफल कार्यक्रममा प्रदेश १को सांसद उमिता विश्वकर्माले प्रदेशको ऐनमा सरक्षित गर्भपतन विषय र महिला मातृत्व विषयलाइ प्राथमिक्तामा राखेर ऐन निर्माण गर्र्न सुझाव दिने बताएकि छिन् ।

प्रदेश १को युवा संघ सस्ंथाहरुको सहकार्यमा युवाका सरोकारका विषयहरुमा विभिन्न अध्ययन, सचेतनामुलक कार्यक्रम तथा नितिगत अभियानहरु संचालन हुदै आइरहेको छन् । प्रदेश र स्थानिय निकायमा युवा सम्बन्धि प्रभावकारि ऐन, नियम, कानुन तथा कार्यक्रम निर्माण गरि कार्यन्यवनको लागि प्रदेश सरकार तथा प्रदेश सांसदसँग सहकार्य र समन्वय गर्दे अगाडि बढ्न् उदेश्यले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य समबन्धमा प्रदेश १ का सांसदसँग रहेको छलफल कार्यक्रम आयोजना गरेको युवा विकास केन्द्रका कार्यक्रम संयोजक तार चाम्लिङ्ग राइले बताएकि छिन् ।

कार्यक्रम राइट हेयर राइट नाउको सहयोग तथा युवा विकास केन्द्र र जिल्ला युवा समितिको कार्यलय सुनसरीको सहयोगमा कार्यक्रम गरिएको थियो । जिल्ला युवा समिति सुनसरीको अध्यक्ष हर्कजङ्ग एभेङ्ग लिम्बुको अध्यक्षतामा कार्यक्रममा प्रदेश सांसद उमिता विश्वकर्मा, नवोदिता चौधरि, ज्योति सुब्वा होम कुमारि साँवा सहभागि रहका थिए ।

कार्यक्रममा स्वास्थ्य शिक्षाको विषयलाइ प्राथमिक तह देखि नै अनिवार्य विषय राखिनु पर्ने, स्वास्थ्यको विषयमा सवैलाइ जानकारि तथा सचेतना दिनु पर्ने र विद्यालयम स्वास्थ्य शिक्षा पढाउने शिक्षिका हुनु पर्ने र महिलाहरुलाइ पुर्ण रुपमा यौन शिक्षाबारे जानकार गराउनु पर्नेमा सघ सस्ंथका सहभागिहरुले बताए ।

संघिय सरकारले प्रजनन् स्वास्थय अधिकार, सुरक्षित मातृत्व तथा नवजात शिशु, सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्य रुग्णता विषयलाइ समावेश गरिएको छ । यसमा सवै अधिकारि समेसटिएको छैन यसलाइ अझ सरल र समानतारुपमा विधेयक बनाउने सांसदहरुले बताएका छन् ।