इटहरीः डाक्टर डिआर उपाध्यायले रचना गरेका गजलहरु लिएर देशदौडाहामा हिडेको प्रतिनाद सांगीतिक यात्रा इटहरीमा आइपुगेको छ । आज इटहरीमा साँझ ४ बजेपछि होटल उत्सबमा भएको कार्यक्रममा चर्चित गजल गायिका निशा देशार, गायक सागर अधिकारी संगीतकार सन्तोश श्रेष्ठले स्वर दिएका थिए ।
‘सात प्रदेश सात एल्बम’ सार्वजनिक गरेका डाक्टर डिआर उपाध्यायका गजल सुन्न इटहरीका कला, साहित्य र संगतीत क्षेत्रका व्याक्तित्वहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमलाइ चर्चित रेडियोकर्मि अच्युत घिमिरे बुलबुलले उद्घोषण गरेका थिए भने इटहरीका कवि मनु मन्जीलले स्वागत मन्तव्यसँगै एल्बम बिमोचन गरेका थिए । एल्बम बिमोचनमा कवि मनु मन्जीलसँगै पत्रकार तथा गजलकार सुविद गुरगाँइ र पत्रकार लिलाराज भट्टाराइ सहभागी थिए ।
केहि दिन अगाडि संघिय राजधानी काठमाण्डौमा एउटा एल्बम लोकार्पण भएका उपाध्यास प्रदेश दौडाहाको लागी प्रदेश १ मा आएका हुन । उनी बुधबारबाट प्रदेश १ दौडाहामा थिए ।
कार्यक्रममा भारतिय च्यानल जिटिभिको रियालिटी सो लिटिल च्याम्पसको दिल्ली अडिसनबाट मुम्बैमा हुने मेघा राउन्डमा छानिएका इटहरीका ११ बर्षिय बाल गायक प्रतिक आचार्यले पनि आफ्नो प्रस्तुति दिए ।