विराटनगरः मोरङको रङ्गेली नगरपालिका–२ माझी टोल बस्ने राजु सुनुवारको घरमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

आज साँझ साढे ७ बजेको समयमा साना बच्चा मैनबत्ती बालेर छिमेकीको घरमा टिभी हेर्न जाने क्रममा सुनुवारको फुसको छानो भएको घरमा आगलागी भएको थियो । आगलागीबाट घर तथा घरभित्र रहेका सम्पूर्णसामान जलेर नष्ट भएको बताइएको छ छ ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी बेतौनाबाट प्रहरीको टोली खटिई गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।