झापाः १५ औँ महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

महिला स्वास्थ्य स्वयम्सेविकाहरूको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयम् सेविकाहरूको बिदाइ तथा नयाँलाई स्वागत गरिएको थियो । वर्ष उत्कृष्ट स्वयम्सेविकाहरूलाई सम्मान पनि गरिएको थियो ।

उमेर हदका कारण वडा नम्बर १ बाट तोत्राकला आचार्य, वडा नम्बर ११ बाट देवी बराल र वडा नम्बर १४ बाट शारदा सुवेदीलाई नगद २० हजार र कदरपत्र सहित बिदाइ गरिएको थियो । यसैगरी, उत्कृष्ट स्वयम्सेविकाका रूपमा वडा नम्बर १ देखि १५ नम्बरसम्मका १÷१ जनालाई सम्मान गरिएको थियो ।