धरानः धरान– २ स्थित नेशनल कलेजले आधुनिक शिक्षण विधिलाई अपनाउँदै स्मार्ट इन्टरेक्टिभ कक्षा सञ्चालन शुरु गरेको छ ।
यसै शैक्षिक सत्रबाट बिएडमा आइटी विषय सञ्चालनमा ल्याएको कलेजले आफ्नो कक्षा स्मार्ट इन्टरेक्टिभ प्रविधिबाट सञ्चालन शुरु गरेको हो ।

यो प्रविधिले शिक्षणलाई सहज बनाउने, विद्यार्थीलाई पढाइमा मन लगाउने, सिकाइलाई सहज बनाउने साथै विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्ने कलेजका कार्यकारी प्रमुख देव सुब्बा इजमले बताए ।

कलेजले आफ्नोे शिक्षण संस्थालाई सूचना प्रविधिमैत्री बनाउँदै लगेको इजमले बताए । अब कलेज भर्नाको लागि अनलाइन फारम भर्न सकिने, इ लाइब्रेरी प्रयोग गर्न सकिने साथै विद्यार्थीका लागि सुविधायुक्त आइटी ल्याबको व्यवस्था गरिएको उनले बताए ।

कलेजका सहायक प्रचार्य सालिक शतासक राईले यो प्रविधि शुरुमा केही महङ्गो भए पनि विद्यार्थीका लागि अत्यन्तै लाभदायक रहेको बताए । उनले यो प्रविधि उच्च माविका कक्षामा समेत लागू गर्ने बताए ।