बेलबारी/ सरकारले स्थानीय तहमा अनिवार्य रूपमा बैक हरूले सेवा दिनुपर्ने नीति बनाएपछि स्थानीय तहमा धमाधम बैक खुल्न थालेका छन ।
बेलबारीमा अढाइ महिनाको बीचमा २ वटा बैंकको उद्घाटन भएको छ भने एउटा बैक उद्घाटनको अन्तिम चरणमा रहेको छ । एनआइसी एसिया बैंक खुल्ने अन्तिम चरणमा रहेको छ । अहिले बजारमा मात्रै होइन गाउँमा गएर समेत बैंकहरूले सेवा दिन थालेका छन् । केही समयअघि बेलबारीको ग्रामीण तह वडा नम्बर ७ मा लुम्बिनी विकास बैंक खुलेको थियो ।
गाँउमा बैकहरू खुलेपछि स्थानीयलाई आर्थिक कारोबार गर्न सहयोग पुगेको छ । बेलबारी बजारमा लक्ष्मी बैक खुलिसकेको छ । बेलबारीमा राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्रभु बैंक, एनएमबी बैंक, सेञ्चुरी बैंक, जनता बैंकले पहिलेदेखि नै वित्तीय सेवा दिँदै आइरहेका छन् । नगरमा आधा दर्जनभन्दा बढी फाइनान्सले समेत सेवा दिइरहेका छन् ।
‘पैसा राख्नका लागि पहिला सहरमा जानुपथ्र्यो अहिले गाउँमै बैंक खुल्न थालेका छन्’, स्थानीय दिलबहादुर थापाले भने, ‘अहिले ढुक्कसँग घरबाट नजिकै पैसा राख्न मिल्छ । सुरुवालका इँजारमा पैसा राखेर छाम्दै हिँड्ने दिन सकिन थाले ।’