इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरीले सार्वजनिक जग्गा खाेजी कार्यलाइ तीब्रता दिएका छन्र । अाज बिहान चाैधरीले एसओएस वालग्राम देखि अगाडी मुख्य वाटो सँगै जोडिएका् छ कठठा सार्वजनिक जग्गाको नीरिक्षण गरेका हुन ।

वडाध्यक्ष जीत नारायण चौधरी, वडासदस्य तेज नारायण चौधरी र इन्जिनियर भवेन्द्र चौधरी सहित मेयर चौधरी सार्वजनिक जग्गा खोजी अभियानमा सरिक भएका हुन्।  उक्त स्थानमा रहेकाे ६ कठठा जग्गामा पूनः अमिन ल्याएर जाँचवुझ गरि ऐलानी जग्गा छुट्याइ घेरावार गरिने मेयर चौधरीले बताए। उनले त्यहाँ पनि पार्क निर्माण गरिने जानकारी दिए ।त्यहाँ पार्क सँगै पुस्तकालय समेत स्थापनाका लागि सम्भाब्यता अध्यन गरिने वडा सदस्य तेज नारायण चौधरीले बताए ।  

सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी अभियान तिव्र वनाई वहुसंख्यक इटहरीवासीलाई फाइदा हुने गरि प्रयोग गरिने मेयर चौधरीको भनाई छ ।

47185804_1957214444372104_7206084300888866816_n (1)

जग्गा खोजि टोली सक्रिय
इटहरी उपमहानगरले सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी अभियान तिव्र वनाउन नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीको संयोजकत्वमा समिति बनाएको छ । अहिले यो समितिले वडा वडामा पुगेर खोजि अभियान चलाइरहेको छ प्राविधिक सहित प्रत्येक वडामा पुगेर अनुगमन जारी रहेको अध्यक्ष चौधरीले बताए । वडामा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफल गरिँदै छ ।

उद्योग वाणिज्य संघ,नागरिक समाज र वुद्धिजिवि सँग समेत छलफल गरेर समिति अघि वढने उनले जनाए। वडा वडामा गरिने छलफल र परामर्शवाट सार्वजनिक,पर्ति,ऐलानी जग्गा कहाँ कति छन जानकारी प्राप्त हुने अध्यक्ष चौधरीले बताए ।

कति छ इटहरीमा सार्वजनिक,पर्ति,ऐलानी जग्गा ?
यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा वनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन वुझाइसकेको छ । सो समितिले वुझाएको प्रतिवेदनमा खोलानाला,पोखरी,मठमन्दिरले चर्चेको सहित इटहरीमा ९सय ९५ विगाह ६ कठ्ठा डेडधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ ।

साविकको इटहरीमा २सय ३० विगाह ७ धुर,खनारमा ३सय २६ विगाह,१९ कठ्ठा ११ धुर,एकम्वामा १सय७३ विगाह १६ कठ्ठा ११धुर,पकलीमा १सय २२ विगाह ६ कठ्ठा ५धुर र हाँसपोसामा १सय४१ विगाह १५ कठ्ठा१५ धुर जग्गा रहेको छ ।