१. अक्सफोर्ड अंग्रेजी शव्दकोषले प्रकाशन गरेको "अक्सफोर्ड वर्ड अफ दि इएर २०१८" कुन शव्द भयो ?

Toxic (टक्सिक)

 

२. भारतको गुजरातमा बनेको "स्ट्याचु अफ युनिटी" नाम गरेको विश्वकै अग्लो प्रतिमा कति मिटर अग्लो छ ?

१८२ मिटर

 

३. भारतको सिक्किममा सन् २०१८मा सम्पन्न गभर्नस गोल्डकपको उपाधी जित्ने नेपाली फुटबल टोली कुन हो ?

मनाङ मर्स्याङ्दी क्लब

 

४. १८९ जनाको मृत्यु हुनेगरी बोइङ-७३७ म्याक्स-८ नामक इन्डोनेसियाको विमान कहिले दुर्घटना भयो ?

२०१८ अक्टोबर २९

 

५. फ्रान्समा रहने वा टुक्रीने भन्ने सम्बन्धमा दक्षिण पश्चिम प्रशान्त महासागरमा रहेको टापु न्यु क्यालेडोनियामा कहिले जनमत संग्रह भयो ?

२०१८ नोभेम्बर ४ (नछुट्टिने पक्षमा ५६.४% मत)

 

६. "भिजन नेपाल २०२०" को लोगोका डिजाइनर को हुन ?

उद्ववराज रिमाल

 

७. विश्वचर्चित हार्वर्ड विश्वविध्यालयले प्रदान गर्ने ग्लिट्समेन अवार्ड २०१८ बाट कसलाई सम्मान गर्ने भएको छ ?

मलाला युसुफजायी

 

८. जनआन्दोलन स्वर्ण पदक २०७५ कसलाई प्रदान गरियो ?

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ

 

९. श्रीलंकाकाराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलंकाली संसद निलम्बन कहिले गरे ?

सन् २०१८ अक्टोबर २७

 

१०. नेपाल सहित २१ देशका ६० सहरमा प्रदर्शन हुने विश्वकप क्रिकेटको ट्रफी नेपालमा कहिले ल्याइयो ?

२०७५ कार्तिक ९ देखि १२ (२०१८ अक्टोबर २६-२९)

 

११. गोरखामा आयोजना हुँदै आएको नवौ लिगलिगे दौड २०७५ मा प्रथम को भएका छन ?

पर्वतका अनिष थापा

 

१२. ह्यारिड बाफर्ड ग्लोबल सिटिजन अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली को हुन ?

राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम

 

१३. न्यु वर्ल्ड वेल्थद्वारा सन २०१८ मा प्रकाशित विश्वका धनी सहरको सुचिमा पहिलो स्थानमा कुन सहर रहेको छ ?

अमेरिकाको न्युयोर्क

 

 

१४. १४ औ एसिया कप क्रिकेट २०१८को उपाधि कुन देशले जितेको छ ?

भारत (उपबिजेता बंगलादेश)

 

१५. संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलो पदक "नान्सेन पदक" सन २०१८ मा कसलाई प्रदान गरिने भएको छ ?

इभान आतार आदाह (दक्षिणी सुडानका चिकित्सक)

 

१६. दक्षिण कोरियाले कसलाई २ लाख अमेरिकी डलर राशिको सियोल शान्ति पुरस्कार २०१८ दिने घोषणा गरेको छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

 

१७. लन्ली प्लानेटले सन २०१९ को लागि तयार गरेको विश्वका घुम्नै पर्ने १० सहरको सुचिमा नेपालको काठमाडौ कति औ स्थानमा रहेको छ?

५ औ स्थान (पहिलो स्थानमा डेनमार्कको कोपनहेगन)

 

१८. सन २०१८ नोभेम्बर ११ देखि १५ सम्म आसियानको ३३ औ शिखर सम्मेलन कुन देशमा सम्पन्न भयो ?

सिंगापुर (३४ औ र ३५ औ सम्मेलन सन २०१९ मा थाइल्यान्डमा हुने)

 

१९. वि.सं. २०६९ देखि प्रत्येक बर्ष मंसिर १ गते मनाउदै आइएको राष्ट्रिय कर दिवस २०७५ को नारा के रहेको छ ?

"कर समृद्ध नेपाल, सुखी नेपालीको भर"

 

२०. विश्व आर्थिक मन्चले १४० देशको अर्थब्यबस्थालाई आधार मानेर तयार पारेको ग्लोबल कम्पिटेटिभनेस रिपोर्ट २०१८ अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?

१०९ औ स्थान (पहिलो अमेरिका र अन्तिम चाड)

 

२१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उन बिच कहिले सिंगापुरमा शिखर वार्ता सम्पन्न भयो ?

सन् २०१८ जुन १२

 

२२. डोल्पा जिल्लाको सिमानामा सडक यातायात २०७३ साउन २४ मा पुगेको थियो भने जिल्ला सदरमुकाम दुनैमा कहिले सडक यातायात पुग्यो ?

वि.सं. २०७५ मंसिर १ गते

 

२३. पाता मेला कुन जातिले मनाउने चाड हो ?

सतार

 

२४. नेपालमा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न भयो ?

वि.सं. २०७५ साउन १०

 

२५. आइपियुको सन् २०१८ को अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार प्रतिनिधिसभामा महिला प्रतिनिधित्व सबैभन्दा बढी गर्ने देश कुन हो ?

रुवान्डा