फिदिमः पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ एकतीनमा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह महापुराण आयोजना गरिएको छ ।

फालेलुङ–२ एकतीनमा निर्माण थालिएको फालेलुङ रङ्गशालाको ऋण चुक्ता गर्न तथा निर्माण सम्पन्नताका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ बिहीबारदेखि महापुराण आयोजना गरिएको हो ।

जिल्लाकै नमूना रङ्गशालाका रूपमा विकास गर्ने उद्देश्यका साथ निर्माण थालिएको उक्त रङ्गशालाका लागि २० रोपनी जग्गा खरिद भइसकेको बताइएको छ । उक्त जग्गा खररिबापतको रकम भुक्तानी गर्ने, रङ्गशाला निर्माणको कार्यलाई अघि बढाउने, शिवगङ्गा, आगेजुङ, महादेवस्थान, जोरपोखरीलगायत पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जनाए ।

महापुराणको पूर्वमन्त्री एवं सांसद गगन थापाले शुभारम्भ गरेका थिए । थापाले धार्मिक सहिष्णुता अभिवृद्धि, खेलकुद र पर्यटन प्रवद्र्धनमा महापुराण सफल हुने विश्वास व्यक्त गरेका थिए ।