इटहरीः लायन्स क्लब अफ रामधुनी सिटीले शनिबार रामधुनी माध्यमिक विद्यालय लालपुरमा वृक्षारोपण तथा शैक्षिक सामग्री वितरण गरेको छ । 

सँस्थाले सो विद्यालयमा १ सय २५ वटा बिरुवा रोप्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेको थियो । वृक्षारोपणका साथै कक्षा १, २ , ३ र ४ का ५७ जना विद्यार्थीलाई शैक्षिक सामग्रीका रुपमा कापी र डटपेन वितरण गरेको लायन्स क्लव रामधुनी सिटीका फस्र्ट भाइस पे्रजिडेन्ट खेमराज पौडेलले बताए ।

रोपिएका बिरुवाहरू नियमित रेखदेख गरी हुर्काउन सके मात्र वृक्षारोपणले सार्थकता पाउने लायन्स क्लब अफ रामधुनी सिटीका अध्यक्ष रमेश घिमिरेको भनाइ छ । वातावरण हरियो, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वृक्षारोपण गरिएको र बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागी शैक्षिक सामग्री वितरण गरिएको लियो क्लबका डिस्ट्रिक ३२५ सी का जोइन्ट ट्रेजरर गोविन्द आचार्यले बताए ।

कार्यक्रम लायन्स क्लब अफ रामधुनी सिटीका प्रेजिडेन्ट रमेश घिमिरेको अध्यक्षतामा भएको थियो । यता, लायन्स क्लव अफ रामधुनीले पनि रामधुनी मन्दिर क्षेत्रमा शनिबारै वृक्षारोपण कार्यक्रम गरेको छ ।