उर्लाबारीः इलामको फाकफोकथुम–४ फुएँतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घर फर्कने क्रममा को १ प ३३३९ नम्बको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम–३ आमचोक निवासी ८३ वर्षीय बिर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो ।

घटनापछि लकान्द्रीलाई उपचारका लागि रविस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र त्यहाँ उपचार हुन नसकेपछि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई बिर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको बताइएको छ ।