इटहरीः भारतको कलकत्तामा जारी हिमालयन ओरेन्ज टुरिजम फेस्टिबलमा मा प्रदेश १ का विभिन्न ५ स्टल राखिएका छन् । प्रदेश १ बाट भोजपुरको दिङ्ला, इलामको सलकपुर र धनकुटाको छिन्ताङका सुन्तला राखिएको नेपाली फेस्टिबलका नेपाली अगुवा वासुदेव बरालले बताए ।

कलकत्ता शहरको चर्चित साल्टलेक सिटी सेन्टरमा भएको फेस्टिबलमा नेपाल र भारतको हिमाली क्षेत्रमा फलेका सुन्तलाका ५० वटा स्टल रहेका छन् । धरानको सेछ ट्राभलिङ, धरान कृषि बजार, सलकपुर पर्यटन विकास केन्द्र, पाथीभरा मन्दिर व्यवस्थापन समिति, झापा होटल असोसिएसन, इलाम पर्यटन सरोकार समिति आदि संस्थाका प्रतिनिधिले नेपाली सुन्तला स्टलको नेतृत्व गरिरहेका छन् ।

कलकत्ताको असोसिएसन अफ कन्जरभेसन फर टुरिजमको आयोजनामा भएको हिमालयन सुन्तला मेलाले नेपाली सुन्तलाको र पर्यटकीय प्रडक्ट दुवैको प्रचार हुने पर्यटन व्यसायी बरालले बताए ।

Orange Festival 2