इलामः नेपाली काङ्ग्रेसका पाका नेता प्रजातन्त्र सेनानी चक्रबहादुर साउदेनको शनिबार राति निधन भएको छ । लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका साउदेन सन्दकपुर गाउँपालिकास्थित सुलुबुङमा बस्दै आएका थिए । इलाम जिल्लाका पूर्वउपसभापतिसमेत रहेका साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो ।

१९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा सक्रिय रहेपछि पछिल्लो समय बिरामले थलिएर घरैमा विश्राम गरिरहेका थिए ।