इटहरीः सामाजिक सेवाका लागि युवा अभियान नेपाल (वाइएसएस) सुन्दरहरैंचाले अपाङ्ग बालबालिकाका लागि झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

सो संस्थाले साजीलाल प्रावि सुन्दरहरैंचा–७ गछियामा अध्ययनरत १७ जना बालबालिकालाई शैक्षिक सामग्री र झोल वितरण गरेको संस्थाका अध्यक्ष ज्ञाननाथ ढकालले बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला, वडा सदस्य भुवन सिंह, आलेमगर, आयोजक संस्थाका सल्लाहकार संयोजक उमेश उप्रेतीको उपस्थिति थियो ।

त्यस्तै, अपाङ्ग दिवा सेवा केन्द्रकी संस्थापक तथा अपाङ्ग महिला महासंघ प्रदेश नम्बर १ की संयोजक भीमा खतिवडा र विद्यालयका शिक्षक शिक्षिकालगायतको कार्यक्रममा उपस्थिति थियो ।

आयोजकले आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता सो कार्यक्रममा जनाएको थियो भने वडाले पनि सक्दो सहयोग गर्ने वडाध्यक्ष सिटौलाले बताए । सो केन्द्रमा ३ वर्षदेखि १४ वर्ष उमेरसमूहका विद्यार्थी रहेका छन् । उनीहरूलाई विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेको केन्द्रकी संस्थापक खतिवडाले बताइन् ।

apangalai sakshik samagri bitaran  (3) apangalai sakshik samagri bitaran  (2)