इटहरीः होटल रेस्टुरेन्ट तथा सिनेमा हलमा सबैको रोजाइमा पर्छ फ्रेन्च फ्राइ । त्यसमा पनि किशोरीहरू अलि बढी नै रुचउँछन् फ्रेन्च फ्राइ । साथीसँगको जमघटमा सबैभन्दा चाँडो र मिठो स्न्याक्सको रूपमा प्रयोग हुन्छ फ्रेन्च फ्राइ ।

तर त्यही स्वादिष्ट स्न्याक्स मन्द विष हो भन्ने कसैले हेक्का पाउन सक्दैन । जर्नल अफ एडोल्सेन्स हेल्थमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार हरेक हप्ता फ्रेन्च फ्राइ खाने महिलामा स्तन क्यान्सरको सम्भावना धेरै हुने पाइएको छ । हरेक हप्ता फ्रेन्च फ्राइ खाने महिलाहरू बिस्तारै मोटाउँदै जाने गर्छन् भनी जर्नलमा उल्लेख गरिएको छ । स्तनपान गराउने सुत्केरी महिलाहरूको स्तन गाँठो पर्ने र त्यसैबाट स्तनक्यान्सर हुने उक्त अध्ययन रिपोर्टमा भनिएको छ ।

खानेकुरा प्रति सचेत नभएको र छिटो छरितो बन्ने परिकार प्रयोगमा युवतीहरू बढी आकर्षित भएका कारण यस्तो समस्या बढ्दै गएको अध्ययनमा उल्लेख गरिएको छ । किशोरीहरूमा बढ्दै गएको मोटोपना र अस्वाभावकि स्तनको बनावट पनि फ्रेन्च फ्राइको कारक रहेको पाइएको छ । फ्रेन्च फ्राइजस्तै अन्य तारेका खानेकुराहरू पनि त्यसकै अनुपातमा घातक रहेको उल्लेख गरिएको छ ।