विराटनगरः पुस ६ गतेदेखि मोरङ व्यापार सङ्घ विराटनगरको आयोजनामा विराटनगरमा विराट ट्रेड एक्स्पो–२०१८ हुने भएको छ ।
विराटनगरको शङ्करापुरस्थित खाली जग्गामा लाग्ने सो मेलामार्फत् प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढ्ने, उद्योग व्यापारको प्रवद्र्धन हुने तथा कला संस्कृति र पर्यटन प्रवद्र्धन आयोजकले जनाएको छ ।
सो मेलामा प्रत्यक्ष रूपमा २० करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ । मेलामा नेपाल भारत, पाकिस्तान र बङ्गलादेशका गरी २ सय ३९ स्टल रहने बताइएको छ ।