सोलुखुम्बुः सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत् सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा वास बसेका थिए ।
आइतबार उनी बिरामी भएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि आइतबार शिक्षण अस्पताल कठमाडौं लगिएको छ ।