इटहरीः प्रदेश १ सहित देशका केही स्थानहरूमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको भनाइ छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र मधेस प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी सोमबारसम्म भारी वर्षा हुने आँकलन गरिएकोमा भोलि आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।