इटहरीः सुनसरीको इटहरी र आसपासका क्षेत्रमा भारी वर्षा हुन सक्ने हुँदा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अत्याधिक वर्षाका कारण बुढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने ससाना खोलामा पानीको बहाव उच्च हुने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । इटहरी क्षेत्रमा अहिले हल्का वर्षा जारी छ ।