बेलबारीः बेलबारीमा रहेको युवा सञ्जालले देउसीभैलो आयोजना गरी उठेको रकम पितृ उद्धार भवनलाई सहयोग गरेको छ । देउसी भौलो खेलेर बनभोज जाने तथा अन्य घुमफिरमा जाने प्रचलन वढिरहेका बेला बेलबारीको एक सामाजिक संस्थाले उदाहरणीय काम गरेको छ ।
पित्रृ उद्धार भवनको मर्मत गर्ने उदेश्यका साथ ६५ हजार १ सय ७८ रुपैंया एक कार्यक्रमका बिच उक्त संस्थाले हस्तान्तरण गरेको हो । बेलबारी– ३ मा केहि बर्ष अघि बनेको भवन मर्मतको अभावमा जीर्ण बन्दै जान थालेको छ ।

युवा सञ्जाल बेलबारीका कोषाध्यक्ष निकेश प्रसाईले भने पानीको स्रोतको समेत संरक्षण हुन्छ । उक्त भवनमा मानिसको मृत्यु पश्चात गरीने काजक्रिया समेत हुने गरेको छ । भवनसंगै बेलबारीको ऐतिहासिकतासंग जोडिएको खानेपानीको कुवा समेत रहेको छ । आर्थिक अभाव भएपछि भवनको निर्माण कार्यले समेत पुर्णता पाएको छैन । बनाई नसक्दै आर्थिक अभावमा भवन जीर्ण बने पछि देउसी–भैलो मार्फत संकलित रकम दिएको अध्यक्ष चिरन्जिवि खतिवडाले बताए ।

देउसी–भैलो कार्यक्रममार्फत संकलन गरिएको ८२ हजार ७ सय ७८रुपैयाँ उक्त सँस्थाहरुले सकलन गरेका थिए । रकम बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदी तथा सञ्जालका अध्यक्ष चिरन्जिवि खतिवडाले पितृ उद्धार भवन समितिका अध्यक्ष ज्ञान कुमार सुवेदीलाई हस्तान्तरण गरेका छन् । बजरङ्गवलि आध्यात्मीक वाल सञ्जाललाई समेत १० हजार १ सय रुपैयाँ दिएको छ । बाँकि रकम भने खर्च भएको जनाइएको छ ।