इटहरीः प्रदेश १ सहित देशका केही ठूला नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि कोसी र नारायणी नदीमा जलसतह केही घट्नेछ । तर, बहाव सतर्कता तह आसपास नै हुने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज उदयपुर, संखुवसभा, धनकुटा, सुनसरी, सप्तरी,  दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।