बिर्तामोडः अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर भुटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् ।
शरणार्थी समस्या सुल्झाउन दबाब पु¥याउने उद्देश्यले शरणार्थीहरूले शिविरमा प्रदर्शन गरेको बताइएको छ ।
शिविरमा दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रमलाई लक्षित गरी प्रर्दशन गरिएको भुटानी रिकन्सिलेसन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले बताए । प्रदर्शनका क्रममा स्वदेश फर्कन चाहने शरणार्थीले कार्यक्रममा आएका दातृ निकायका उच्च पदाधिकारी, मानव अधिकारकर्मी समक्ष आफ्ना माग पूरा अनुरोध गरेका छन् ।
कार्यक्रममा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग दमक शाखाका प्रमुख खालिड फन्साले शरणार्थीहरूले दातृ निकाय र नेपाल सरकारबाट नियमित सहयोग पाइरहेको बताए । भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ र शिविर सचिव टीकाराम रसाइलीले शरणार्थीको मुद्दालाई दातृ निकाय र नेपाल सरकारले त्यत्तिकै छोड्न नमिल्ने बताए ।