फाइल तस्बिर

इटहरीको खनारमा रहेकाे उद्याेगमा अागलागी भएकाे छ । विहान ७ः३० बजेकाे समयमा लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ । 

अागाे निभाउने प्रयास जारी छ । भानु अग्रवालले संचालन गरेकाे उक्त कम्पनीले  डोर म्याट लगायतका वस्तु उत्पादन गर्ने गर्थ्याे । अागलागीकाे कारण भने खुल्न सकेकाे छैन ।

अागाे निभाउने प्रयास जारी रहेकाे हुँदा क्षतिकाे यकिन अाँकडा अाइन नसकेकाे हाे । इटरही, विराटनगर, धरानबाट अाएका दमकलले अागाे निभाइ रहेका छन् ।