इटहरीः झापाको कचनकवल गाँउपालिका–४ स्थित नेपाल भारत सीमाक्षेत्रबाट अवैध रुपमा भन्सार छली भारततर्फ लगिएको सामान प्रहरीले बरामद गरेको छ ।
गत २१ गते साँझ इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ६२३४ नम्बरको पिकअप जाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली लैजाँदै गरेको बियर २६ कार्टुन, कोक १ कार्टुन, स्प्राईट ३ बण्डल र कोकाकोला २ बण्डलको अन्दाजी ७ लाख ७८ हजार ६ सय बराबरको समान बरामद गरेको हो ।
यसैगरी, पिकअप र चालक इलाम देउमाई नगरपालिका–२ बस्ने २३ वर्षीय कपिल मगरलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।