इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल र डाइसाइक्लोमिन ट्याब्लेट तथा क्याप्सुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूका साथबाट लागूऔषध र दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ३० गते दिउँसो १ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी चौकी हलगडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

itahari police

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१ हलगडा चोकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को १–०२–०५३ प ५१ नम्बरको मोटरसाइकलमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का ३१ वर्षीय पुरुषको साथबाट ट्रामाडोल २०० क्याप्सुल र डाइसाइक्लोमिन २०० ट्याब्लेट बरामद गरिएको छ।