इटहरीः मोरङको रतुवामाई नगरपालिका–४ पैयामारी स्थितबाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ बस्ने १९ वर्षीय राहुल कुमार शर्मा र मोरङकै उर्लाबारी नगरपालिका–७ बस्ने  २२ वर्षीय युगल लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गएराति ८ः०० बजे प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तरतर्फ गइरहेको साइकलमा सवार रहेका लाई जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका अभियुक्तद्वयलाई लागुऔषध नियन्ण ऐन २०३३ अनुसार कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।