इटहरीः झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७ः३० बजे अस्थायी प्रहरी पोस्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय लालबहादुर दर्जीलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँचको क्रममा ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो ।

लागुऔषधसहित पक्राउ परेका दर्जीको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।