इटहरीः झापाको मेचीनगर नगरपालिका–६ पूर्वपश्चिम राजमार्गस्थित ट्राफिक प्रहरी पोस्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेका स्थानीय पैदलयात्री ४० वर्षीय चेतनाथ फुयाँललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका फुयाँललाई

तत्काल उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । बस र चालकलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडिब बढाएको प्रहरीले जनाएको छ ।