इटहरीः लागु–औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका ४, काकुम बस्ने २६ वर्षीय निवेक श्रेष्ठ रहेका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलीले हिजो खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई सुनसरी जिल्ला अदालतमा पेस गरेकोमा अदालतले आज कैद भुक्तानीका लागि झुम्का कारागार सुनसरी पठाएको छ । फरार रहेका श्रेष्ठको लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको २०७८ भदौ १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ९ महिना १ दिन कैद र एक लाख जरिवाना गरेको थियो ।