इटहरीः झापाको कनकाई नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ आइतबारेका १२ वर्षीय सिकुन् राई र सोही स्थानकी ११ वर्षीया एन्जिला सुन्दास रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार उनीहरु बिहीबार साँझ पौडी खेल्न गएका थिए ।
घटनास्थलबाट चार किलोमिटर दुरीको सतासी खोलाको साइफनमा अड्किएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।