इटहरीः इटहरी उपमहानगरपालिका– १० मा रहेको डोरम्याट फ्याक्टी«मा आगो लाग्दा करिब ५ करोड मूल्य बराबरको क्षति भएको छ । मङ्गलबार खनार छेउमा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा आगो लाग्दा यति ठूलो परिमाणमा नोक्सानी भएको हो ।
बिहान साढे ७ बजे लागेको आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएका थिए । सञ्चालक निधिकुमारी दारुका रहेको उक्त उद्योग चालु अवस्थामा नै थियो । इटहरी प्रहरी प्रमुख डिएसपी शिवकुमार श्रेष्ठका अनुसार इनरुवा, धरान, दुहबी, इटहरी, सुन्दरहरैँचा र विराटनगरका दमकलले करिब २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन दमकलहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।
उद्योगमा आवश्यक पर्ने करिब १ सय टन बराबरको प्लास्टिकको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । कच्चा पदार्थसहित, डोरम्याट लगायतका तयारी वस्तु र मेसिनको क्षतिका कारण ५ करोडभन्दा बढी क्षति भएको अनुमान गरिएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय उद्योगमा आगलागीका घटना बढिरहेको भन्दै प्रहरीले यसलाई गम्भीरताका साथ लिएको र के कारणले आगो लागेको हो यकिन टुङ्गोमा पुग्ने बताएको छ । उद्योगका सञ्चालक भानु चित्रेवालले भने विद्युत सर्ट भएर आगो लागेको जानकारी दिएका छन् ।