इटहरीः आफूमाथि बलात्कार गर्ने युवकमाथि कारबाही र बलात्कारपछि जन्मिएको बच्चासँग डीएनए भिडानको माग गर्दै आमरण अनसनरत कुमारी आमा निहारिका राजपुतसँग काठमाडौँका मेयर बालेन साहले भेट गरेका छन् ।

माग सम्बोधन गराउनका लागि अनसन बस्दासमेत मागको सुनुवाइ नभएपछि हिजो राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाह प्रयास गरेकी राजपुतलाई प्रहरीले नियन्त्रणमा लिई उपचारार्थ शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । अस्पतालको मानसिक कक्षमा उपचाररत रहेकी राजपुतसँग भेट गरेपछि मेयर साहले फेसबुक स्टाटस लेख्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने रु यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

balen status1