इटहरीः सुनसरीको दुहबी नगरपालिका ८, जुट मिलस्थित कोसी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीय सञ्जय राजवंशी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ०३३४ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो १२ः३० बजेतिर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परी घाइते भएका चालक राजवंशीलाई उपचारार्थ सामुदायिक अस्पताल खनार पठाइएकोमा उपचारका क्रममा उनको दिउँसो २ः४५ बजेतिर मृत्यु भएको थियो । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाउँदै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ ।