इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका १ का भरत खवास नेपाली सेनाका सहसेनानी (क्याप्टेन) बनेका छन् ।
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तानसमेत रहेका खवास उपसेनानी (लेफ्टिनेन्ट) बाट बढुवा भई सहसेनानी बनेका हुन् ।
उनले १० वर्षअघि सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) बाट सेवा सुरु गरेका थिए । २०७२ सालमा बढुवा भई उपसेनानी बनेका खवास आज सहसेनानी बनेका हुन् ।
भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरे ।
झण्डै डेढ दशक अघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् ।