इटहरीः इटहरीमा स्थानीयहरूको एक समूहले लागुऔषध सेवनकर्ताहरूको अखडा बनेको भन्दै बाँसघारी नै फडानी गरिदिएका छन् ।
इटहरी ५ सिमरवनास्थित घरेलु तथा साना उघोग कार्यालयनजिकै रहेको बासँघारी सोही क्षेत्रका स्थानीयहरूले फडानी गरेका हुन । बाँसघारीमा अनैतिक गतिविधि हुनुको साथै युवाहरू भेला भएर लागुऔषध सेवन गर्ने र होहल्ला हुने भएकाले स्थानीयहरू आजित थिए ।
स्थानीयको समूहले उक्त बाँसघारीका धनीलाई धेरै पटक बास फडानी गर्न आग्रह गर्दा समेत अटेर गरेपछि बासँघारी फडानी गरिएको बताइएको छ । स्थानीयको समूहले करिब सयभन्दा बढी बाँस काटिदिएका छन् । तर बाँस धनीले प्रहरीलाई फडानीको विषयमा जानकारी दिइएपछि प्रहरीले बाँस काट्न रोकेको छ ।
यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काका अनुसार उक्त बाँसघारीमा लागुऔषध सेवनकर्ताहरू लुकिछिपी जम्मा हुने गरेको आक्रोशमा स्थानीयले बाँसघारी काटिदिएका हुन् ।