इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुर सामुदायिक वनमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा–११ का ५५ वर्षीय अमिलाल थारु रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज दिउँसो करिब ३ः४० बजे रुखबाट लडी गम्भीर घाइते भएका थारुलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले तत्कालै उनलाई मृत घोषित गरिदिएका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाई घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।